आधुनिक समाज आत्मनिर्भर छ । चाहे पुरुष होस् या महिला, उनीहरू आफ्नो व्यक्तिगत जीवन आफ्नै हिसाबले चलाउन चाहन्छन् । बच्चाको आवश्यकता महसुस भएपछि मात्रै बच्चा जन्माउँछन् । आधुनिक विज्ञानले उनीहरूलाई यस्तो सुविधा दिएको छ । विज्ञानको यस युगमा गर्भ निरोधका धेरै उपायहरू उपलब्ध छन्, जसका कारण महिलाहरूले आफ्नो गर्भ रोक्न सक्छन् । यो विशेष गरी कामकाजी महिलाका लागि आवश्यक हुन्छ । एनसीबीआईका अनुसार अमेरिकामा प्रजनन उमेरका २५ प्रतिशत महिलाले आफ्नै इच्छाले गर्भ निरोधक चक्की प्रयोग गर्छन् ।

हाल बजारमा तीन प्रकारका गर्भ निरोधक चक्की उपलब्ध छन् । एउटा एस्ट्रोजेन र प्रोजेस्टेरोनको संयुक्त रूप हो । दोस्रो प्रोजेस्टेरोन मात्र हो र तेस्रो एक्स्टेन्डेट पिल हो । तीन वटा कै काम गर्भ रोक्नु हो तर तरिका भिन्न भिन्न छ । तर के यी चक्की पूर्ण रूपमा सुरक्षित छन् रु के यसका कुनै साइड इफेक्ट छैनन् त रु

एनसीबीआईका अनुसार ती तीन प्रकारका चक्कीहरूले महिलाको शरीरमा गर्भधारणका लागि जिम्मेवार हर्मोनलाई नियन्त्रण गर्छ । यी चक्कीहरूले अण्डा बनाउने प्रक्रियालाई रोक्छ । यसको मतलब शुक्रकीट र अण्डाको मिलन हुँदैन, जसले गर्दा गर्भ रहँदैन । वास्तवमा, गर्भ निरोधक चक्कीको साइड इफेक्ट जान्नु अघि, यो चक्कीले कसरी काम गर्छ भनेर जान्न महत्त्वपूर्ण छ । महिलाको शरीरमा अण्डा बन्नुभन्दा अघि विभिन्न खालका चिजको निर्माण हुन्छ जुन काम थुप्रै हर्मोनले गर्ने गर्छ । प्रोजेस्ट्रोनको चक्की खाएपछि यसले गोनेडोट्रोपिन रिलिजिङ हर्मोनलाई कम गर्छ जसका कारण फोलिकल्स स्टिमुलेटिङ हर्मोन बन्दैन । यसबाहेक अण्डा बनाउनका लागि अर्को एउटा हर्मोन एलएच पनि बन्दैन । अर्थात्, औषधी खाएपछि शरीरमा विभिन्न खालका हर्मोन बन्न बन्द हुन्छ । अर्थात्, महिलाको शरीरमा जुन प्राकृतिक प्रक्रिया भइरहेको छ, त्यसलाई रोक्ने गरिन्छ । जब प्राकृतिक प्रक्रियालाई रोकिन्छ तब यसको साइड इफेक्ट हुनु स्वाभाविक हो ।