काठमाडौं । गरिमा शर्मा पछिल्लो समयकी व्यस्त र रुचाइएकी म्युजिक भिडियो मोडल तथा अभिनेत्री हुन् । सामाजिक सञ्जालमा उनको सक्रियता बढी नै देखिन्छ । टिकटकदेखि इन्स्टाग्राममा उनी पोस्ट अपडेट गरिरहन्छिन् । फ्यानलाई आफ्नो गतिविधि सेयर गर्ने मामिलामा उनी अगाडि छिन् ।
सोमबार उनले इन्स्टाग्राम स्टोरीमा गरेको पोस्ट चाहिं अघिपछि भन्दा भिन्न थियो । जसमा उनले आफू प्रेममा रहेको स्पष्ट संकेत गरेकी छन् । एक युवकसँगको श्यामश्वेत तस्वीर पोस्ट गर्दै उनले प्रेमिल शब्द पनि लेखेकी छिन्, ‘हल्का हल्का माया बस्यो कि रु मैले थाहा नपाएको यस्तो ठाउँमा लैजाऊ जहाँ विश्व अति नै सरल छ । म ताराहरुलाई जमिनमाथि चम्किएको हेर्न चाहन्छु