५ असार, काठमाडौं । कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो ।