मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा आइतबार बिहान भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ । विष्णुपुरमा संदिग्ध चरमपन्थीको गोली लागेर मृत्यु भएका तीनै जना मेइती समुदायका रहेको बताइएको छ । यता आदिवासी संगठन आदिवासी जनजाति नेता फोरमले विज्ञप्ति जारी गर्दै कुकी समुदायका एक व्यक्तिको पनि हत्या भएको दाबी गरेको छ ।








