रौतहट । नेपाली सेनाले रौतहट स्थित सामुदायिक वन र एक सामुदायिक विद्यालयको हाताभित्र वृक्षारोपण गरेको छ । वीरदल गण गौरको संयोजकत्वमा ुसन्ततिका लागि सोचौँ, समृद्धिका र हरियालीका लागि रुख रोपौँु भन्ने मूल नाराका साथ रङ्गपुर साझेदारी वन र चन्द्रपुर ७ नयाँ बस्ती आधारभूत विद्यालयको हाताभित्र शनिबार वृक्षारोपण गरिएको हो।








