काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले एक नयाँ अन्तर्वार्तामा मातृत्व र विवाहको बारेमा कुरा गरेकी छन् । आफू क्यान्सर सर्भाइभर रहेको चर्चा गर्दै उनले आमा बन्ने आत्मविश्वास तत्काल नरहेको तर, त्यसलाई अस्वीकार गर्न नसक्ने पनि बताएकी छन् ।