३१ असार, जनकपुरधाम । पशुमा फैलिएको महामारी लम्पी स्किन रोग नियन्त्रण गर्न मधेश सरकारले औषधि खरिद गर्ने भएको छ ।
गृह सञ्चार तथा कानुन मन्त्रायमा आज गृहमन्त्री समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।








