३१ असार, पोखरा । बालिका बलात्कार मुद्दामा गत फागुन १५ गते थुनामुक्त भएका पल शाह (पूर्णविक्रम शाह) लाई पीडितले नै इन्कार गर्दा जाहेरीकै भरमा दोषी करार हुन नसकेको पाइएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते सफाइ दिएको थियो ।