काठमाडौं । गायिका टेलर स्वीफ्टको नयाँ एल्बम ‘स्पिक नाउ’ यतिबेला विश्वभर नै चर्चामा छ । यो एल्बममार्फत उनले एकैसाथ केही कीर्तिमान रचेकी छन् । बिलबोर्डको शीर्ष १० मा रहेको चार एल्बममध्ये यो एक हो । बिलबोर्डका अनुसार विश्व संगीत इतिहासमा पहिलोपटक गायिका स्वीफ्ट लगातार सूचीमा समावेश हुने पहिलो महिला गायिका बनेकी छन् ।