चन्द्रपुर,५ साउन ।
चन्द्रनिगाहपुरमा रहेको एक ई रिक्सा बिक्रि केन्द्रले सर्बसाधारण मात्र नभएर राज्यलाई ठग्ने गरेको फेला परेको छ ।
चन्द्रनिगाहपुरमा एकै नम्बरका २ वटा ई रिक्सा फेला परेपछि यहाँ रहेको ट्रेस ईन्टर प्राईजेजले राज्यलाई ठगेको फेला परेको हो । ट्रेस ईन्टर प्राईजेजले बिक्रि गरेको ई रिक्सा र अनन्य ट्रेनिङ कन्सनले बेचेको ई रिक्साको नम्बर एउटै फेला परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बरामद गरेको एकै नम्बरका दुबै ई रिक्साको कागजात चेक जाँच गर्दा ट्रेस ईन्टर प्राईजेजले बेचेको ई रिक्साको कागजात नक्कली रहेको फेला परेको हो ।
नम्बर पनि एउटै र बिलबुक पनि एउटै नम्बर भएको ई रिक्सा फेला परेपछि आफुले ट्राफिक प्रहरीलाई खबर गरेको अनन्य ट्रेनिङ कन्सन चन्द्रनिगाहपुरका संचालकले जानकारी दिएकाछन् ।
चन्द्रनिगाहपुरमा ई रिक्साको शोरुम संचालन गरेर बसेका ट्रेस ईन्टर प्राईजेजका संचालकले अन्य ई रिक्सा समेत यसरीनै बिक्रि बितरण गरेको आशंका गरिएको छ । ट्रेस ईन्टर प्राईजेजले यातायात कार्यालयबाट रातो नम्बर प्लेटका ई रिक्सा ल्याएर कलो नम्बर प्लेट टाँसेर सर्बसाधारणलाई बिक्रि बितरण गर्दै आएको खुलेको हो । कालो नम्बर लिनका लागि यातायात कार्यालयमा ६ हजार तिर्नुपर्ने र रातो नम्बर प्लेटको रकम कम तिर्नुपर्ने भएका कारण ट्रेस ईन्टर प्राईजेजले ई रिक्सा किन्नेहरुसंग ६ हजारका दरले ठगि गर्ने गरेको खलेको हो । वीरगंजका व्यापारीले चन्द्रनिगाहपुरमा संचालन गरेको ट्रेस ईन्टर प्राईजेजले ई रिक्सा किनेर गुजारा चलाउने सर्बसाधारण र राज्यलाई समेत ठगि गरेको पाईएको हो । स्थानीय सर्बसाधारण र राज्यलाईनै ठग्ने ट्रेस ईन्टर प्राईजेजका संचालक माथि कडा कार्वाहीको माग गर्दै आएकाछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख बिमला कठाएतले सो बिषयमा आफुहरुले अनुसन्धान गरिरहेको अव यातायात कार्यालयमा सो बिषयमा बुझने काम भईरहेको बताइन् । २०८० साउन ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।