अशोक पहाडी
रौतहट,२१ साउन । डिभिजन वन कार्यालय रौतहटले वनबाट अबैध रुपमा चोरी तस्करी गरेर लान लागेको काठ सहित एउटा जिप बरामद गरेको छ । जिल्लाको गैडाटार सव डिभिजन वन कार्यालय अन्र्तगतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेग तिर जादै गरेको अवस्थामा बा ६ च ४६०२ नम्बरको पिकप भ्यान प्रहरीले बरामद गरेको हो ।
४ थान गोलिया सहित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र वन गस्ति टोली काठ सहितको गोलिया बरामद गरेको वन अधिकृत बिमल ठाकुरले जानकारी दिएकाछन् । गाडी चालक फरार भएको र गाडीमा रहेका अरबिन्द चौधरीलाई पक्राउ गरेको ठाकुले बताए ।
बरामद गाडी,पक्राउ परेका चौधरी र काठको बिषयमा थप अनुन्धान भईरहेको डिभिजन जन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जानकारी दिए ।