रौतहट,४ भदौ । रौतहटको बृन्दावनमा रहेको एक अबैध क्रसर उद्योग संचालकले पत्रकार कुटपिट गरेका छन । बृन्दावन नगरपालिका १ मा रहेको शिबम क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका हिमालय टिभीका रौतहट समाचारदाता राकेश यादव माथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरा समेत तोडफोड गरिदिएका छन । पत्रकार यादव माथि हातपात गर्ने क्रसरका कर्मचारी राजदेव ठाकुर ,मशेस चौधरी र राधेश्याम ठाकुरलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ । सो स्थानमा अबैध रुपमा संचालित शिबम क्रसर उद्योगका कर्मचारी माथि कडा कार्वाही हुनु पर्ने नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुरले बताए । बागमती खोला किनारामा अबैध रूपमा क्रसर संचालन भएको बिषयमा पत्रकार यादव समाचार संकलनका लागि क्रसरमा पुगेका थिए ।








