चन्द्रपुर,१२ भदौ ।
सोमबार चन्द्रनिगाहपुरमा भएको गाईजात्रामा आयोजकले जानी जानी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार गर्न गलाएको आरोप लागेकोे छ ।
कार्यक्रमको सुरुमै दुईजना कलाकारले एकजना टिभी कार्यक्रम प्रस्तोता र एकजना रबि लामिछाने बनेर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार गरेको गुनासो आएको हो । आयोजकका अधिकांस टाउके राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुनु र कलाकारले कार्यक्रमभरी घण्टीको प्रचार गर्नुले समेत यसको गन्ध आएको एकजना दर्शकले बताए ।
मधेश प्रदेश सरकार र रौतहटका आधा दर्जन पालिकासंग रकम सहयोग गरेर आयोजना भएको कार्यक्रममा एउटा मात्र पार्टी ठिक अरुपार्टी बेठिक भन्ने संन्देश दिनु जायज नभएको अधिकाँस दर्शकको भनाइ रहेको छ । चन्द्रनिगाहपुरमा रहेका आधा दर्जनज बढी संचार उद्योगहरु रहेको भएपनि मिडिया पार्टनर एउटा मात्र मिडियालाई मिडिया पाटनर भन्नुले समेत यस कार्यक्रममा आयोजकले जानी जानी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार गर्न लगाएको संचारकर्मी सुब्बा कार्कीको भनाइ रहेको छ ।
आयोजककै कारण कलाकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार लर्न लगाएको अधिकांस दर्शकको भनाइ रहेको थियो ।
रौतहटको चन्द्रनिगाहपुरमा पहिलो पटक नाम चलेका कलाकारको जमघट हुने भएका कारण दर्शकको भिड लागेको भएपनि कलाकारको प्रस्तुती देखेर घण्टी छाप बाहेकका पार्टीसंग आवद्ध दर्शक निरास भएका थिए । रौतहटका पालिकाहरुसंग रकम असुलेर राष्ट्रिय स्वतन्त्र पार्टी मात्र देशमा राम्रो पार्टी र अरु कामै नलाग्ने खालको भन्ने प्रस्तुतीका कारण दर्शक निरास भएका थिए ।
शैलेन्द्र सिम्खडा, मनोज गजुरेल, टिका भण्डारी, सुबोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने लगायतका हास्य कलाकारहरुले आआफ्नो स्तुती देखाएका थिए । आयोजकले पास बाँडेर टिकट सकेका कारण केही दर्शकले कार्यक्रम हेर्न समेत पाएनन् ।