रौतहटको चन्द्रपुरमा सेटि जेसिजले बिभिन्न समाजिक काम समेत गर्दै आएको छ । यसै संन्र्दभमा हामी चन्द्रनिगाहपुर सिटी जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी चिरन्जिबी गौतम ज्यू सँग जेसिजको समसामयिक बिषयमा तराई एक्सप्रेस दैनिकका लागि हाम्रा समाचारदाताले गरेका केही कुराकानीको संम्क्षिप्त कुराकानी ।
अध्यक्ष ज्यू नमस्कार के छ खबर सबैभन्दा पहिला तपाइको जेसिज यात्रा कहिले देखि कसरी सुरु भयो बताई दिनुस् ?
नमस्कार ठिकै छ आरामै छ भन्नु पर्छ समय अनुसार सबै ठिक छ । अव जेसिज यात्राको सम्बन्धमा भन्नु पर्दा आज भन्दा झन्डै दश बर्ष अगाडि चन्द्रनिगाहपुर सिटी जेसिजको स्थापना भएको कुरा फेरी मैले स्मरण गराउन चाहान्छु र त्यस समयमा म संगैका साथि र अग्रज दाजुहरु एउटा छुट्टै किसिमको संस्था जेसिजमा अगाडि बढेको सामाजिक संजाल मार्फत जानकारी पाए र लोभलाग्दो किसिमले गतिबिधि अगाडि बढेको देखे पछि, जेसिज भनेको के रहेछ भनेर खोजि गर्ने क्रममा इन्टरनेट मार्फत जेसिजको खास उदेश्य बुझ्ने प्रयास गरे र लगतै जेसिजको सदस्यता प्राप्त गर्ने बाटो खोज्दै जाँदा केहि जानकारी सहित २०१४ मा शाखा स्थापना भएकै वर्ष जेसिजको सदस्यता प्राप्त गर्ने अवसर मिल्यो र अहिले निरन्तर यसैमा छु ।
तपाइँ जेसिजलाई कसरी बुझ्न्नु हुन्छ, खासमा जेसिज भनेको के हो ?
धन्यबाद हामीले वास्तबमै सबैभन्दा पहिला यहि प्रश्नको उत्तर खोज्न आवश्यक छ, म आफैले जेसिजलाई आफ्नै तरिकाले व्याख्या गर्ने एउटा पाटो हुन सक्छ । त्यो मेरो मात्र बुझाइ पनि हुन सक्छ । हामीले जेसिजलाई कसरी बुझ्ने र यो किन आवश्यक छ भनेर जेसिजको परिभाषा खोजियो भने यसलाई बुझ्न सजिलो हुन्छ जस्तो मलाई लाग्छ । यो प्रश्नको जवाफ दिन जेसीजका पुराना सदस्यहरुलाई खास कठिन पनि हुदैन, तर नयाँ सदस्यहरु जेसीजको सदस्यता नलिएका समाजका विभिन्न क्षेत्रका मानिसहरुमा जेसीजको अवधारणाको सम्बन्धमा अन्योलता रहेको पाइन्छ । कहिलेकाही जेसीजका कार्यक्रममा आउने अतिथि तथा समाजका विशिष्ट व्यक्तिहरुले नै जेसीजलाई सामाजिक संस्थाको रूपमा चित्रण गरेको पाइन्छ । वास्तवमा जेसीज सामाजिक संस्था हो वा होइन भन्ने प्रश्न उठ्छ, होइन भने के हो रु अन्य अन्तराष्ट्रिय गैरसरकारी संस्था र जेसीजमा के फरक छ रु यस्ता प्रश्नहरु निरन्तर रुपमा उठ्दै आएको छ । यी सवालहरु अति महत्वका छन किनभने जबसम्म हामी यो संस्थाको परिचय वा अवधारणाको सम्बन्धमा स्पष्ट हुँदैनौ तबसम्म यस संस्थामा लागेको कुनै अर्थ पनि हुँदैन भन्ने नै लाग्छ ।
संक्षेपमा जेसीज भनेको १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होइन र यो संस्थाको केन्द्र विन्दु भनेकै स्वेम व्यक्ति नै हो । सामान्य अवस्थामा जन्मने कोही पनि व्यक्ति सक्षम वा असक्षम हुँदैन । प्रत्येक मानिस भित्र केहि न केहि प्रतिभा हुने गर्छ उक्त प्रतिभालाई प्रष्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ । जेसीजले यो अभियानमा लाग्ने आफ्ना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराइ उनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने उदेश्य राखेको हुन्छ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज विश्वमै पहिलो संस्था हो । समष्टिगत रूपमा जेसीजले मानवीय विकासमा बढी जोड दिएको छ किनभने सक्षम मानिसहरुको विकास हुनसकेमा मात्र समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ र यो नै हाम्रो मान्यता हुनु पर्छ भनेर जेसिजले सिकाउने गर्दछ ।
तपाइँ सन् २०२३ को लागि शाखाको नेतृत्व गर्ने ठाउँमा कसरी पुग्नु भयो ?
राम्रो प्रश्न उठाउनु भयो वास्तवमै चन्द्रनिगाहपुर सिटी जेसिजले यो वर्ष नेतृत्व छनौटको लागि पहिलो पटक प्रजातान्त्रिक प्रक्रिया वाट नेतृत्व छनौट गर्ने काम गर्यो । यो हाम्रो शाखाको लागि एकदमै नयाँ र नविनतम अभ्यास पनि थियो । हामीले यो प्रक्रियालाई नेतृत्व छनौट गर्ने एउटा सामान्य विधिको रुपमा मात्र बुझ्न पर्छ भनेर यसलाई मित्रवत प्रतिस्पर्धाको रुपमा अभ्यास गर्यौ । हाम्रो जेसिज अभियान अहिले एकले अर्कालाई सहयोग गर्दै अगाडि बढेको छ र शाखालाई नयाँ ढंग वाट फराकिलो तवरले सोच्दै समाजलाई जेसिजको खास उदेश्य बुझाउनु पर्छ भनेर हामी लागेका छौं । रमाइलो पक्ष अर्को के भयो भने हामीले प्रजातान्त्रिक प्रक्रियामा जादै गर्दा पनि हामीलाई मतकै आधारमा हार वा जित हुन परेन । हामि दुबैले बराबरी मत लेरायौं पछी निर्वाचन समितिले गोला प्रथा वाट नेतृत्वको छनौट गरायो । अहिले कोहि पनि जेसिज अभियान वाट पर हुनुहुन्न सबैको साथ र सहयोगमा जेसिज अगाडि बढेकोछ, बढ्नेछ ।
तपाईको यो कार्यकाल २०२३ कसरी अगाडि बढेको छ रु के छ तपाईको योजना ?
हो यो कुरा हामीले बताउनै पर्छ मैले २०२३ को जनवरीको अन्तमा निर्वाचित हुने अवसर पाए र तत् पश्चात पदभार ग्रहणको कार्यक्रम सकेर पुरानो समिति संगको संयुक्त बैठक पछि २०२३ को अध्यक्षको हैसियतले मुलभूत रुपमा यस वर्ष गर्ने कामको कार्ययोजनामा संयोजकहरु तोकेर वर्ष २०२३ मा २३ कार्यक्रम गर्ने कार्ययोजाना पास गरियो । दुखद कुरा म यस संस्थाको अध्यक्ष भएको केही महिनामा नै मेरो निवर्तमान अध्यक्ष ज्यूको अकल्पनीय देहावसान हुन पुग्यो । त्यसले गर्दा केही महत्वपूर्ण कार्य गर्न दुई तीन महिना सकिएन । तत्पश्चात निर्णय अनुरुप निरन्तर सोहि अनुसारको कार्यक्रम अगाडि बढेको छ भने नेपाल जेसिजले आयोजाना गरेको हरेक कार्यक्रममा शाखाको तर्फवाट म सँगै साथीहरुले अर्थपूर्ण सहभागिता जनाइरहनु भएको छ ।
तपाइको निवर्तमान अध्यक्षको देहावसान भयो उहांको परिवारलाई जेसिजले के सहयोग गर्यो र गर्दैछ ?
वास्तबमै चन्द्रनिगाहपुर सिटी जेसिज जसरि स्थापना भयो र र यसको परिकल्पना गरियो त्यसमा उहाँ पनि एक हुनुहुन्थ्यो यस घट्ना वाट परिवारलाई जति क्षति पुगेकोछ, हामीले पनि यस संस्थालाई त्यतिनै क्षति भएको महसुस गरेकाछौं । हामीले उहाँको देहावसान भएको दिन् देखिनै यस प्रति चिन्ता व्यक्त गर्दै परिवारको लागि अझै पनि जेसिज संगै छ भनेर के गर्न सकिन्छ त्यसतर्फ सोचेउ र नेपाल जेसिज तथा मातहतका सम्पूर्ण शाखाहरुलाई आर्थिक सहयोगको लागि अपिल पनि गरेका छौं । केहि रकम पनि उठेको छ भने केहि दिनमै हामि उहाँको परिवारलाई सो रकम हस्तान्तरण गर्नेछौ । मैले अहिले यतिनै भन्ने चाहेँ ।
यहाँ अध्यक्ष भएपछि हिजो र आजको जेसिजमा तात्विक फरक के ल्याउनुभयो ?
जेसिज हिजो कस्तो थियो भन्ने कुरामा जानु भन्दा आजको जेसिजमा आफूले के गरे भन्ने कुरामा जानु राम्रो होला । जेसिजमा मैले माथि उल्लेख गरेको छु । १८ वर्ष पुगेको ४० वर्ष ननाघिसकेका युवाहरुको संस्था हो । जसमा यसको मूल कुरा नेतृत्व र व्यक्तित्व विकास गराउनुपर्ने कुरा हो । म यस संस्थामा अध्यक्ष भएर आएपछि विभिन्न रचनात्मक काम गर्दै अगाडि बढेको छु । जसको मूल्याकंन यो समाज र तपाइँहरु जस्तो पत्रकारहरुको तर्फवाट आजको जेसिज कस्तो भएको छ र अझै के गर्दा ठिक हुन्छ भन्ने कुरा यहाँहरुले नै मूल्यांकन गर्नुपर्छ जस्तो लाग्छ ।
युवाहरु जेसिजमा किन लाग्ने ?
भनिन्छ जेसिज आफैमा एउटा महासागर हो, जसले यस महासागरमा डुबेर निस्कदा कसैले मोति टिपेर निस्किन्छ त कसैले शंखेकिरा, हो यस्तै जो व्यक्ति जेसिजलाई बुझेर जेसिज अभियान लाग्नु हुन्छ उहाँले आफुलाई नेतृव र व्यक्तित्व बिकासमा अब्बल नै बनाउन सक्नुहुन्छ । हाम्रो उदेश्य भनेको पनि विभिन्न राजनीतिक दल, ब्यापार ब्यबसायी, संघसंस्था देखि अध्यनशिल १८ देखि ४० वर्ष उमेर समुहका युवाहरुलाई जेसिज यात्रामा सहभागी गराउने र विभिन्न तालिम तथा भ्रमणको माध्यमबाट उहाँहरुको नेतृव र व्यक्तित्व बिकास संगसंगै व्यासायिक बिकास गराउदै पुनः यहि समाजको नेतृत्व गर्ने गरि समाजलाई नै हस्तान्तरण गर्ने हो ।
विभिन्न आस्था र विचारका आधारमा युवाहरु बाँडिदा सामाजिक विकासमा नोक्सानी पुगेको देखिन्छ, यहाँलाई के लाग्छ रु
युवाहरु विभिन्न राजनीतिक आस्था र विचारमा युवाहरु बाडिँदा सामाजिक विकासमा त नोक्सानी पुगेको छ नै, तर हेर्नुहोस् प्रश्नहरु उठ्ने गर्छन मैले माथि नै उल्लेख गरेको छु जेसिज एउटा यस्तो संस्था हो जसले जात, धर्म, पार्टी, राजनीति, कसैको पनि बिरोध र समर्थन केहि गर्दैन तेसैले राजनीतिक विचार जे जस्तो भएतापनि सामाजिक विकास संगै सभ्य समाज निर्माण र राष्ट्र निर्माणका लागि सम्पूर्ण युवाहरु एक हुनुपर्दछ भन्ने मलाई लाग्छ ।
यो वर्ष नयाँ सदस्य थप्ने योजना के छ कसरी युवाहरुले प्रवेश पाउछन र कति शुल्क बुझाउनु पर्छ ?
एकदमै राम्रो सान्धर्भिक प्रश्न उठाउनु भयो चन्द्रनिगाहपुर सिटी जेसिजको यस वर्ष मेरो नेतृत्वको सिंगो समिति भनेको विभिन्न क्षेत्रमा आफै पनि कुशल नेतृत्व गरिराख्नु भएको टिम मैले पाएको छु केहि गरौ केहि नयाँ कुरा यो समाजलाई छोड्नु पर्छ भन्ने नविनतम बिचार सबैमा छ सबै सकारात्मक सोचका साथ् लागिरहनुभएको छ । अव तपाइको प्रश्नमा आउन चाहान्छु हामीले नयाँ सदस्य थप्नको लागि पनि यस वर्ष अलि फराकिलो ढंगले सोचेका छौ । यो अभियानमा जो(जो जोडिन चाहानु हुन्छ उहाँहरुको लागि स्थानीय पत्रिका तथा सामाजिक संजाल मार्फत हामीले खुला आह्वाननै गरेका छौ र सो बिज्ञापनमा भए अनुसार उल्लेख भएका योग्यता पुरा गरेर दरखास्त दिन सजिलै सक्नु हुनेछ । यस जेसिज यात्रामा जोडिनको लागि स्वेम आफैले आवेदन दिएर नगद रु ३०००र( बुझाँउने र संस्थाले तय गरेको छनौट प्रक्रियामा सहभागी गराएर यस वर्षको लागि हामीले परिवेक्षक सदस्य बनाउने छौँ, हरेक वर्ष संस्थाको नियम अनुसार लेवि बापतको एकपटक मात्र रु ३०००र( रकम बुझाँउदा यस शाखाको सदस्य भैरहनु हुनेछ । त्यसैले यसलाई सबैले एउटा अवसरको रुपमा लिनु हुनेछ र यस् ठाउँको बिकास सँगै आफ्नु पहिचान र एकै पटक धेरै साथि बनाउने यो अवसर लाई सकारात्मक तरिकाले बुझ्नु हुनेछ ।
अन्त्यमा हाम्रो पत्रिका मार्फत केही भन्न चाहानुहुन्छ ?
धन्यवाद १ यहाँ मार्फत अर्को जानकारी गराउ यहि भाद्र १८ देखि २४ गते सम्म विभिन्न ७ कार्यक्रमका साथ जेसिज सप्ताह कार्यक्रम मनाउदै छौं भने के के कार्यक्रम भनेर हामि एक दुई दिनमानै सार्वजनिक गर्ने तयारीमा छौं ।
हस् मलाई बोलाई हजुर मार्फत श्रोता तथा पाठकहरु सम्म पुग्ने गरि हाम्रो आफ्नो कुरा राख्न अवसर प्रदान गर्नु भएकोमा हजुर संगै यहाँको पत्रिका सिंगो टिमलाई धेरै धेरै धन्यबाद साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।