चन्द्रपुर,१७ भदौ ।
रौतहटको चन्द्रपुर ६ मा रहेको नविदप युवा क्लवको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो क्लवले शनिबार चन्द्रपुर ६ मा रहेका मोथीयाई मन्दिर र छठघाट वरपरको क्षेत्रमा वृक्षारोपण गरेको क्लवका सचिव सन्दिप जैसवालले जानकारी दिए । आफ्नो समाजको वातावरण हरियाली भए पर्यावरण र मानव जातीलाईनै फाइदा पुग्ने हुँदा आफुहरुले वृक्षारोपण कार्यक्रम गरेको उनले बताए ।
क्लवका अध्यक्ष करण देवकोटाले प्रतिभासाली, आवश्यक ऊर्जा, कल्पना र रचनात्मकता भएको युवाहरुले समाजको भविष्यलाई सकारात्मक रूपमा आकार दिनको निमित वृक्षारोपन जस्ता कार्यहरु प्रभावकारी हुने बताउँदै क्लवले योसँगै अन्य सामाजिक कार्यहरु पनि गर्ने योजना रहेको सुनाए । क्लवले सामाजिक समानता, दिगो विकास लगायत विविध पक्षहरुमा छलफल गर्दै समाज केन्द्रित कार्यक्रमहरु गर्ने उनको भनाइ छ ।
क्लवले सामाजिक सद्भाव कायम गरिरहन सामाजिक कार्यहरुलाई बाटो बनाउने गरी अगाडि बन्ने रणनिति लिएको क्लवका उपाध्यक्ष आकाश कलवारले बताए । उनले युवाहरुले समाजको मर्म , चाहना र आवश्यकता बुँझेर सामाजिक काममा दत्तचित्त भएर लाग्नुपर्नेमा जोडदिदैं अबको समाजको नेतृत्व युवाले लिनुपर्नेमा जोड दिए । कार्यक्रममा क्लवका पदाधिकारीहरु एवम् स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।