चन्द्रपुर,१८ भदौ ।
चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीको सरुवा भएको छ । उनको बर्दिवास नगरपालिकामा सरुवा भएको हो । तिवारीको ठाँउमा हिरीलाल पुरी आएका छन् । पुरी यसभन्दा पहिला पनि चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर काम गरीसकेकाछन् ।
बाराको जितपुर सिमरा उप महानगरपालिकामा कार्यरत रहेका पुरीको चन्द्रपुर नगरपालिकामा सरुवा भएको हो ।
तिवारीलाई नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले आईतबार बिदाई गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत पुरीलाई चन्द्रपुर नगरपालिकाले आज स्वागत गर्ने कार्यक्रम राखेको छ ।
सालिन र भद्र स्वभावका पुरीले चन्द्रपुर नगरपालिकाको हितमा यस भन्दा पहिला समेत काम गरेको र अवको समयमा समेत नगरको विकासमा योगदान गर्ने अनुमान गरिएको छ ।








