अशोक पहाडी
रौतहट,३० असोज । तत्कालिन नेकपा एमालेका महाँसचिव तथा अहिलेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई पहिलो संविधानसभा निर्वाचनमा चुनाव हराएर चर्चामा आएका देवेन्द्र पटेल यतीबेला माओवादीको राजनितिसंगै कृषि कर्ममा सक्रिय रहेकाछन् ।
उनी बिगत ७ बर्ष देखी राजनिति र कृषि कर्मलाई एक साथ अगाडी बढाइरहेकाछन् । पटेलले रौतहटको बृन्दावन नगरपालिका स्थित बलेरीमा ८० वटा भैसी र पाडापाडी ,८० वटा राँगा ,बाख्र र माछा पालन व्यावसायमा गरेकाछन् ।
उनी यतीबेला नेकपा माओवादीको मधेश प्रदेश सदस्य हुन । उनी राजनिति र कृषिलाई एक साथ अगाडि बढाइ रहेकाछन् । पटेल नेकपा माओवादीका पुर्व लडाकु समेत हुन । पटेल जस्तै २०५७ सालदेखि नेकपा माओवादी पार्टीमा लागेर राजनीतिमा संघर्ष होमिएका नेकपा माओवादीको भातृसंगठन मुस्लीम संघका मधेश प्रदेश अध्यक्ष समेत रहेका रौतहटका युवा नेता अब्दुल वाहीद अन्सारी केही बर्षयता राजनीतिसँगै कृषि व्यवसायतिर मोडिएका छन् ।
भुमिगत कालमा पार्टीको सेनाको जिम्मेवारी वहन गर्दै राजनीति होमिएका वाहीद वृहत शान्ति सम्झौतापछि विद्यार्थी राजनीतितर्फ लागेका थिए । तत्कालीन अखिल क्रान्तिकारीको केन्द्रीय सचिवको अनुभव समेत बटुली सकेकाछन् ।
संविधासभा सदस्य पटेल र वाहीद भने पार्टीले लिएको नीति अनुसार ‘आर्थिक क्रान्तिका लागि कृषि कर्म तिर मोडिएका छन् । वाहिदले उनले जिल्लाको चन्द्रपुर नगर पालिकामा नमुना कृषि फर्म सञ्चालनमा ल्याएर राँगा,पालन ,कुखुरा पालन र माछा पालन गरिरहेका छन् ।
कृषिबाट देश विकास सम्भव रहेकाले आफुहरुले राजनितिसंगै कृषि कर्मलाई समेत प्राथमिकतामा राखेको दुबै नेताको भनाइ रहेको छ ।
‘अहिले पनि राजनीतिमा सक्रिय रहेका पटेल र अन्सारीको बुझाईमा परिवार पाल्न पैसामा चाहिन्छ,’ त्यसैले समयलाई थप उपयोग गर्न कृषि फर्म सञ्चालन गरेको भनाइ रहेको छ ।








