अशोक पहाडी
,रौतहट,१० कार्तिक । काठमाडौं बाट रौतहटको पिप्रा बजार तर्फ आउदै गरेको बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । बसको ठक्करबाट दुईजना घाईते भएकाछन । बा ६ ख १४६३ नम्बरको बडिगार्ड बसले आज बिहान साडे पाच बजेको समयमा बाधवनारायण नरपालिका ६ स्थित आफ्नो घर अगाडिको आगनमा घुर तापेर बसेका ६५ बर्षिय ब्रम्हदेव दास तत्मालाई ठक्कर दिएको थियो । उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय गौर रौतहट ले जनाएको छ । तत्मालाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर स्थानीय फेकु दासको फुसको घरमा पसेको थियो । बसको ठक्करबाट घरमा सुतिरहेका ५५ बर्षका फेकु दास र उनकी श्रीमती सुमित्रा देबी घाईते भएका थिए । दुबैको गौर अस्पतालमा उपचार भईरहेको छ । मृतक तत्माको शव पनि पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यालय गौर रौतहटले नियन्त्रणमा लिएको छ ।








