कलैया,१३ कार्तिक । बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक माथि गोली प्रहार भएको छ ।
प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ ।
बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ ।
बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार गरिएको छ ।
घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।