गौर,२२ कार्तिक । आश्रय निर्माण सेवाले गौरमा रहेको बरहवाताल निर्माणको काम अधुरै छाडेको छ । अधुरो काम तत्काल गराउनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा गौर नगरपालिकाका पुर्व मेयर अजय कुमार गुप्ताले सम्बन्धीत निकायसंग आग्रह गरेकाछन् । २०७४÷७५ सालमा आश्रय निर्माण सेवाले बरहवा तालको सौन्दर्यकरणको लागि ठेक्का लिएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्साबाट सो निर्माण सेवाले तालको काम ठेक्का लिएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्सालाई पत्र लेख्दै गुप्ताले काम तत्काल सक्नका लागि आग्रह गरेकाछन् ।