काठमाडौ, १९ पुस ।  बिहिबार पनि सुन–चाँदीको भाउ घटेको छ। 

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ कायम गरिएको छ । 

यसअघि बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रुपैयाँले सुनको भाउ घटेको हो ।  

बिहिबार चाँदीको भाउ ३० रुपैयाँले छ। बिहिबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।