रौतहट,५ माघ । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन माघ ८ गते रौतहटको चन्द्रनिगापुरमा विभिन्न कार्यक्रम हुने भएको छ ।
सनातन हिन्दू धर्मावलम्बीहरूले माघ ८ गते राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन रौतहटको चन्द्रनिगापुरमा झाँकी सहित रथयात्राको आयोजना गर्ने भएका छन् ।
दुर्गा पूजा तथा छठ पूजा समिति चन्द्रपुर ४, श्री कृष्ण प्रणामी धर्मावलम्बी समूह, ओम शान्ति, पतञ्जली लगायत सनातन हिन्दू धर्मावलम्बीहरूले सोधिन विविध कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय भएको हो । चन्द्रनिलापुरका वरिष्ठ समाजसेवी डाक्टर शालिग्राम शर्मा सहितको बसेको बैठकले विविध कार्यक्रम गर्ने निर्णय गरेको चन्द्रपुर ४ छठ पूजा समिति तथा दुर्गा पूजा समितिका अध्यक्ष सुरेन्द्र शाहले जानकारी दिएका छन् । सो दिन झाँकी सहित रथ यात्राले चन्द्रपुर नगरको विभिन्न स्थानको परिक्रमा गर्ने कार्यक्रम तय भएको सुरेन्द्र शाहको भनाइ रहेको छ । चन्द्रनिगापुर स्थित शेरबहादुर दर्लामी फुटबल खेल मैदानबाट सुरु हुने र्यालीले नगरको विभिन्न भागको परिक्रमा गर्ने छ ।
बिहान राम मन्दिरमा पूजा भएर सुरु हुने राम जानकी रथ यात्रापछि साँझ चन्द्रनिगापुरस्थित मुख्य चोकमा दीपावली गर्ने कार्यक्रम रहेको छ। चन्द्रनिगापुरको मुख्य चोकस्थित तीनकुने पार्कमा दीपावली भएसँगै आम हिन्दु धर्म मान्ने हिन्दू धर्मावलम्बी तथा सनातन हिन्दु धर्मावलम्बीहरूको घर घरमा दिपावली गर्नका लागि सम्पूर्णमा आग्रह गरिएको छ । साँझ चन्द्रनिगापुरका सबै घरमा दिपावली गर्नका लागि हामीले सबैसँग आग्रह गरेका छौं, दुर्गा पूजा तथा छठ पूजा समितिका अध्यक्ष शाहले भने ।