रौतहट,९ माघ । वन कर्मचारीकै मिलेमतोमा चन्द्रपुर २ को महादेव डाँडामा दर्जनौ बहुमुल्य जातका खयरका रुख कटान भएको छ । वन कर्मचारी र स्थानीय तस्करको मिलेमतो महादेव डाँडाको चुरे क्षेत्रमा हरिया खयरका रुख काटिएको स्थानीय बासिन्दाले बताए ।
सो बिषयमा वन कर्मचारीले अनबिज्ञता प्रकट गरेकाछन् ।