रौतहट,२१ माघ । रौतहटको हर्षामा रहेको प्राइम सेरामिक्स प्रालीले मजदुरलाई तलब नदिएपछि विगत केही दिनदेखि मजदुरहरू आन्दोलित बनेका छन्।

प्राइम सेरामिक्स नामक टाली उद्योगले उद्योगमा काम गर्ने मजदुरहरूलाई पाँच महिनादेखिको तलब नदिएपछि उनीहरुले बाध्य भएर उद्योगको गेटमा धर्ना दिएका छन् ।

सो उद्योग खुलेको एक वर्ष पनि भएको छैन। उद्योग खुलेको एक वर्ष नबित्दै उद्योगले उद्योगमा काम गर्ने मजदुरहरूलाई मासिक पारिश्रमिक नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

अबको केही दिनमै आफूहरूको तलब नदिए आफूहरूले उद्योगमा तालाबन्दी गरेर उद्योग चल्न नदिने एक मजदुरले जानकारी दिए। कम्पनीले सो उद्योगमा काम गर्ने लेबरहरूको मात्र भुक्तानी नदिएका कारण उनीहरुले कम्पनीको गेटमा धर्ना दिएको सुरक्षाकर्मीहरूले बताएका छन्।