चन्द्रपुर,२३ माघ ।
रौतहटको चन्द्रनिगापुर हुँदै काठमाडौँ जाने अधिकांश टाटा सुमो जीर्ण अवस्थामा रहेका छन् । पुराना तथा थोत्रा टाटा सुमोले यात्रुहरूको ज्यान जोखिममा राखेर काठमाडौँसम्म पुर्याउने गरेको छ ।
चन्द्रनिगापुरदेखि काठमाडौँसम्म जाने अधिकांश टाटा सुमोका टायरहरूमा गोट्टी समेत नहुने गरेको पाइएको छ ।
जीर्ण तथा पुराना सुमोले यात्रीहरूको ज्यान जोखिममा पार्ने गरेको गुनासो आउँदा समेत सम्बन्धित निकायले चासो नदिएको यात्रुहरूको गुनासो रहेको छ ।
चन्द्रनिगापुरबाट काठमाडौँ जाने अधिकांश समूहहरूको बाटो पनि खराब हुने गरेको र सुमोको टायरदेखि लिएर अन्य पाठ पुर्जा समेत कामै नलाग्ने अवस्थामा रहेका कारण यात्रुहरुले ज्यान जोखिममा पारेर यात्रा गर्नुपरेको गुनासो बढेको हो ।
चन्द्रनिगाहपुरबाट काठमाडौँसम्म जाने शिखरापुर यातायातका अधिकांश गाडीहरू पुराना भइसकेका कारण यात्रुहरूले समस्या झेल्नुपरेको गुनासो बढेको हो ।
ट्राफिक प्रहरीले पनि यस्ता गाडीलाई चेकजाँच गरेर मात्र चल्न दिनुपर्ने अधिकांश यात्रुहरूको भनाइ रहेको छ । चन्द्रनिगापुरबाट काठमाडौँ जाने अधिकांश टाटा सुमो उकालो चढ्दा गोट्टी नभएका कारण ओरालोतिरै चिप्लने गरेका कारण यात्रुहरु आत्तिने गरेका छन् । सर्वसाधारणको जीउधनलाई ख्याल नगरी राजमार्गमा चल्ने यस्ता थोत्रा र पुराना गाडीहरूलाई तत्काल हटाउनुपर्ने सर्वसाधारणको भनाइ रहेको छ ।
चन्द्रनिगापुरमा रहेको शिखरापुर टाटा सुमोको काउन्टरले यात्रुहरूलाई नयाँ गाडी छ चढ्नुस् चढ्नुस् भन्दै थोत्रा गाडीमा चढाएर पठाउने गरेको एक यात्रुले गुनासो गरे ।
यी टाटा सुमो के चालकहरूको रुखो व्यवहारका कारण समेत अधिकांश यात्रुहरू परेशान हुने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले यस्ता गाडीहरूको टायरको अवस्था स्टेरिङको अवस्था र बडीको अवस्था हेरेर अबका दिनमा कडाई गरिने जानकारी दिएका छन् । यात्रुहरूले पनि यस्ता गाडीमाथि ट्राफिक प्रहरीले निगरानी बढाउनुपर्नेमा ध्यानाकर्षण गराउँदै आएका छन् । २०८० माघ २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार । फाईल फोटो








