रौतहट,११ फागुन । योजना अनुगमन समितिको संयोजक आफै भएरपनि गुजरा नगरपालिकाकी उप-प्रमुख रत्ना लामाले बिना स्टिमेट बिना कार्यआदेश विकास निर्माणको काम गर्न थालेको पाइएको छ ।
गुजरा नगरपालिका वडा नं–४ जंगलसहिया बजारमा उनी २० लाखको योजना छुट्याएर मनलाग्दी बिना स्टिमेट बिना कार्यआदेशको विकास निर्माणको काम गर्न थालेको पाइएको हो ।
उप(प्रमुख लामा इस्टमिट र कार्यआदेश बिनै विकास निर्माणको काम गर्न थालेपछि नगरपालिकाका प्रबिधिक टोलि गएर काम रोकेको छ ।
उप प्रमुख लामा अन्य शीर्षकको योजना कटौती गरी आफुलाई मोनाफा हुने जंगलसहिया बजार क्षेत्रमा पिसिसी ढलान गराउन लागि परेको स्थानिय बासिन्दाको भनाइ रहेको छ । आउने दिनमा पानीको निकासी र बजार ब्यबस्थापनको ख्यालनै नगरी आफ्नो मनोमानी ढंगले काम सुरु गराएको स्थानियको भनाइ छ । स्टिमेट कार्यआदेश बिना काम सुरु गरेपछि स्थानियबासी र बजार समितिले विरोध गरेपछि नगरपालिकाका प्रबिधिक टोलि गएर काम रोकेका छन् । नगरपालिकाका प्रबिधिक शाखा प्रमुख श्रमण कुमार चौधरीले उपमेयर लामा बिना स्टिमेट बिना कार्यआदेशकै काम सुरु गरेको स्वीकार्य गर्दै आफुहरु सो काम रोकिसकेको बताएका छन् । उपमेयर लामाले उपभोक्ता समिति समेत गठननै नगरी विकास निर्माणको कार्य थालेको गुनासो आउने लगत्तै सो कार्य रोकेको उनले बताए । बिना स्टिमेट बिना कार्यआदेश र उपभोक्ता समिति विना कार्य गर्दा भुक्तानीमा समेत समस्या हुने उनको भनाई रहेको छ ।
नगर प्रमुख सन्तलाल चौधरी,उप प्रमुख,वडा अध्यक्ष लगायत विभिन्न राजनितिक दलका शिर्ष नेता तथा समाजसेवीहरुको उपस्थितिमा बजार ब्यबस्थापन समिती गठन भएतापनि समितीलाई बेवास्ता गरी उप प्रमुखद्वारा जबर्जस्ति योजना शिलान्यास समेत गरेकी छन् । यस बिषयमा उपमेयर लामा संग बुझ्न खोज्दा उनकी फोन लागेन । २०८० फगुन ११ गतेको तराई एक्सप्रेस दैनिक प्रकाशित समाचार








