रौतहट,१७ फागुन । दुध उत्पादक किसानहरूले रौतहटको चन्द्रनिगाहपुरमा आज दुई घण्टा चक्काजाम गरेका छन् । दुधको पैसा नपाएको भन्दै रौतहटका किसानले चक्का जाम गरेका हुन । सरकारी स्वामित्वको डिडिसी र बिभन्न निजि डेरीले रौतहटका किसानको करिव ९ करोड रकम बाकी राखेपछि किसान समस्यामा परेका हुन ।