चन्द्रपुर,६ चैत ।
डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको विभिन्न वनमा डडेलो लागेको छ । डडेलो नियन्त्रण गर्ने तर्फ वन कर्मचारीले कुनै चासो नलिँदा वनमा अझै डढेलो लाग्ने सम्भावना बढ्दै गएको छ । डढेलो नियन्त्रणका लागि सम्बन्धित निकायबाट डिभिजन वन कार्यालयमा आएको रकम समेत वन कर्मचारीले हिनामिना गर्ने गरेका कारण बोनमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ । डढेलो नियन्त्रणका लागि स्थानीय सञ्चारमाध्यमलाई डडेलो नियन्त्रण सम्बन्धी सूचना दिनुपर्नेमा वन कर्मचारीले भारतीय सीमामा रहेका केही एफएम रेडियोलाई डडेलो नियन्त्रण सम्बन्धी सूचना दिएको पाइएको छ । घना वन जिल्लाको उत्तरी भेगमा रहेको भएपनि वन कर्मचारीले जिल्लाको दक्षिणी भेगका भारतसँग सीमा जोडिएका सञ्चार माध्यमलाई डढेलो नियन्त्रण सम्बन्धी सूचना दिएर आर्थिक अपचलन गरेको जानकारहरूको भनाइ रहेको छ ।
वन कर्मचारीले कमिसनका लागि जिल्लाको दक्षिणी भेगमा रहेका बजारमा नदेखिने र नसुनिने सञ्चार माध्यमलाई सूचना दिएको पाइएको छ । रौतहटको वनमा लागेको डडेलोका कारण वन्यजन्तुको बासस्थान हास हुँदै गएको छ । वन कर्मचारीकै कुनियतका कारण जिल्लाको घना वनमा डडेलो लाग्दै आएको छ । डढेलो नियन्त्रणका बहानामा समेत वन कर्मचारीले आएको बजेट हिनामिना गर्दै आएका छन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्र र शुभ कार्यालयको विकास फाँटमा कार्यरत कर्मचारीहरूले डडेलो नियन्त्रणका लागि आएको पैसा आफू खुसी हिनामिना गर्दै आएको एक वन कर्मचारीले बचाएका छन् । वनमा डडेलु लाग्दा वनमा रहेका पशुपन्छी तथा जनावरहरूको मृत्यु हुने गरेको छ भने उनीहरूको बासस्थान समेत जलेर खरानी हुने गरेको छ । वनमा डडेलो लागेसँगै वन्यजन्तुहरू आफ्नो सुरक्षाका लागि गाउँघर नजिक पुग्ने गरेको र त्यहाँ गाउँलेहरुले उनीहरूको सिकार गर्ने गरेका छन् ।
अहिलेसम्मकै निकम्बा वन कर्मचारीहरूको भिड डिभिजन वन कार्यालय रौतहटमा लागेका कारण यो कार्यालय पछिल्लो समय विभिन्न विवादको घेरामा पर्दै आएको छ ।