गोलबजार,११ चैत । गोलबजार नगरपालिका वडा ३ को आयोजना तथा दलित महिला केन्द्र नेपालको आर्थिक सहयोग र जम्दह ३ कराते डोजो गोलबजारको प्राविधिक सहयोगमा प्रथम वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
गोलबजार नगरपालिकाको नगर प्रमुख श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको एक दिने जिल्ला स्तरीय कराते प्रतियोगितामा ७ स्वर्ण सहित गोलबजार मेन कराते डोजो गोलबजार टिम प्रथम , ६ स्वर्ण पदक जित्दै जम्दह ३ कराते डोजो गोलबजार टिम दोस्रो र १ स्वर्ण पदक ,१ रजत पदक जित्दै एसओएस कराते डोजो लहान टिम तेस्रो भएको थियो ।
गोलबजार मेन डोजोका लागि पुरुष २५ केजी कुमितेमा बिबेक यादव ,४० केजीमा सुसान्त बल्मपाकि , ५० केजीमा साइमन आलेले स्वर्ण पदक जिते भने महिला तर्फ ३५ केजी कुमितेमा भावना बिक,४५ केजीमा नम्रता सुनवार ,५५ केजीमा रितु मगर र ५५ केजी खेल्ला कुमिते समुहमा मोनिका मगरले स्वर्ण पदक जितेका थिए ।
दोस्रो हुने जम्दह ३ कराते डोजोका लागि पुरुष ३० केजीमा निशान्त योन्जन,४५ केजीमा बिवेक सुनवार,५५ केजी खुल्ला समुहमा अभि लामा , महिला तर्फ ३० केजीमा नेहा ठकुरी ,४० केजीमा निकिता थापा मगर र ५० केजी समुहमा सोनिया बानियाले स्वर्ण पदक जितेका थिए भने तेस्रो हुने एसओएस कराते डोजो लहानका लागि पुरुष ३५ केजीमा चन्दन यादवले र चौथो हुने भिजन कराते डोजोका लागि अमन पासवानले स्वर्ण पदक जितेका थिए । बिजेता टिमलाई गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ , दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामा , नेपाल कराते महासंघ,मधेस प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुर लगाएतले पुरस्कार बितिरण गरेका थिए ।
साथै पुरस्कार बितरण कार्यक्रममा सातौं दक्षिण एशियाली कराते प्रतियोगिता २०८० मा नेपालका लागि स्वर्ण पदक बिजेता खेलाडी पोर्सिया चौधरी थारुलाई दलित महिला केन्द्र नेपालका तर्फबाट नगद दस हजार सहित सम्मान गरेको थियो । दक्षिण एशियाली करातेमा स्वर्ण पदक बिजेता खेलाडी थारुलाई गोलबजार नगरप्रमुख श्रेष्ठले नगद एघार हजार रुपैया प्रदान गर्नु भएको जानकारी थारुका कराते प्रशिक्षक कसम कुमार लामाले बताउनु भयो ।








