रौतहट,२६ चैत । रौतहटको वृन्दावन नगरपालिकामा आज एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित खैरा टोलका किशोर कुमार बैठकको १३ वर्षीय छोरी निरञ्जन कुमारी बैठाको पोखरीमा डुबेर ज्यान गएको हो । गर्मी छल्नका लागि साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउन गएकी उनको पोखरीमा डुबेर मृत्यु भएको सो वडाका वडा अध्यक्ष रामनाथ सहनीले जानकारी दिएका छन् । रौतहटमा गर्मी बढेसँगै बालबालिकाहरू घरछेउका खोला तथा पोखरीहरूमा नुहाउन जाने गरेका छन्।








