रौतहट,२९ चैत । नेकपा एमाले चन्द्रपुरको तेस्रो नगर अधिवेशन भोलिबाट सुरु हुने भएको छ । नगर अधिवेशनको समय नजिकिँदै जाँदा विभिन्न पदाधिकारीले उम्मेदवारी घोषणा गर्ने क्रम समेत बढ्दै गएको छ । यसै बीच नेकपा एमाले रौतहटका पूर्व जिल्ला कमिटी सदस्य प्रमोद चौधरीले नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अध्यक्षमा आफ्नो पनि उम्मेदवारी रहने बताएका छन् । नेकपा एमाले चन्द्रपुरको नगर अध्यक्षमा चौधरी, राजेन्द्र तिवारी र रामबहादुर घलानले अध्यक्षमा उम्मेदवारी दिने चर्चा रहेको छ। एमाले नेतृत्वले भने सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिरहेको समाचार स्रोतले बताएको छ।