गौर,७ बैशाख ।
रौतहट सदरमुकाम गौर नगरपालिकाको पुरेनवामा रहेको आँखा अस्पतालमा कार्यरत कर्मचारीले विमाको रकम माथि गिद्धे दृष्टि राख्दा सेवाग्रही मर्कामा परेको रहस्य खुलेका छ । गौर आखा अस्पताल बिमा शाखाका कर्मचारीले केही उच्च पदस्थको साँठगाँठबाट विमाको रकम माथि चलखेल गर्दा सेवाग्राही मर्कामा परेपनि नियमनकारी निकाय तथा सरोकारवालाहरु मुख दर्शक बनेको गुनासो आएको छ ।
नेत्र ज्योती संघद्वारा संचालित गौर आखा अस्पतालमा बिगत लामो समय देखि स्वास्थ्य बिमा शाखामा स्थाई रुपमा कार्यरत राम प्रित यादव (पद हेल्पर) ले विमाको कार्ड माथि गिद्धे दृष्टि राख्दै गोरखधन्दा गरेर बर्षै पिच्छे सम्पति जोडने गरेको प्रमाण फेला पर्न थालेको छ । अस्पतालमा कार्यरत औषधी फाँटका कर्मचारीले लिखित रुपमै जानकारी गराए अनुसार बिमा फाटका कर्मचारी यादवले बिगत लामो समय देखि बिभिन्न व्यक्तिहरुको बिमा कार्ड दुरुपयोग गरी समन्धित व्यक्तिको जानकारी विना, बिना सहमति डाक्टरहरुको मिलिमतोमा उनीहरुको बिमा कार्ड दुरुपयोग गरेर महंगो खालको औषधिहरु र चस्मा लिई सस्तो दाममा बजारमा बिक्री गरेको समाचारस्रोतको भनाइ रहेको छ ।
सेवाग्राहीले दिएको विमा कार्डलाई यादवले व्यक्ति गत लाभ लिदै आएको छन, भने कति जनाको विरामी पुर्जीमै विभिन्न प्रकारका औषधीहरु लेख्न लगाएर एक थरिको औषधि दिएर घर फर्काएको घटना को पनि लिखित रुपमै अस्पताल प्रशासनमा उजुरी सहितको गुनासो परेको छ । सो कुराको जानकारी औषधी विक्रेता कर्मचारीले गरेकाछन । सो बिषयमा बुझदा औषधी फाँटमा कार्यरत अजय साहले अस्पताल प्रशासनलाई ४ पटक भन्दा बढी जानकारी गराएपनि कुनै वास्ता नभएको तराई एक्सप्रेसलाई बताए । नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित शाखा रौतहटका पदाधिकारीहरु लाई समेत उक्त घटना हप्ता दिन अगाडी नै लिखित रुपमा गुनासो र जानकारी भएपनि समिति मौन बसी ति कर्मचारी लाई दण्डित गर्नुको साटो हेल्पर सरहको कर्मचारी लाई मेडिकल रेकर्डर सम्बन्धी थप जिमेवारीको पद दिएर ओहदा नियम संगत नमिलेपनि मिति २०८० वैशाख ५ गते देखि लागु हुनेगरी नै मौखिक आदेशमा अस्पताल प्रशासनले दिएको बझिएको छ ।
यता शाखा रौतहट समिति र व्यवस्थापन समितिले अधिकार बिहिनको नाटक गरेर यादवलाई सघाई रहेको श्रोतले बतायो । नेपाल नेत्रज्योति संघकै मातहतमा संचालित नेपाल नेत्रज्योति संघ शाखा रौतहट र त्यस अन्तर्गत संचालित नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल गौरको गौरबको रुपमा प्रख्यात र गुणस्तरीय सेवाले पहिचान बनाएको हुदा पनि केहि व्यक्ति बिशेषको कारण रौतहटको गौरब गौरको गरिमा माथि आँच पुर्याउदै आउदै गर्दा नियामक निकाय, सरोकारवाला निकाय र अस्पताल व्यवस्थापन समिति मौन समर्थनले गम्भीर प्रश्न चिन्ह खडा भएको स्थानीयको भनाइ रहेको छ ।
सो अस्पातलमा यस्ता कार्यहरु बिगत लामो समय देखि हुदै आएको भएपनि सम्बन्धीत निकायले कुनै वास्ता नगरेको बुझिएको छ । अधिकृतकै रुपमा कामगर्ने कर्मचारी सुरेश कुमार साहले आफ्नै श्रीमतीको नाममा स्वास्थ्य बिमा लेख जारी गर्ने ईजाजत लिएर दिनभरी आस्पतालकै समयमा अधिकतम समय बिमा जारी गर्नमा व्यतित गर्ने गरेको पाइन्छ । सम्पूर्ण सरकारी बिमा कागजातहरुमा सुलेखा कुमारी को किर्ते हस्ताक्षर साहले गरेका कारण भविष्यमा अस्पताललाई थप बदनाम हुने देखिए पनि स्थानिय भएकाले पदाधिकारीहरु समेत मौन बसेको जानकारहरुको भनाइ रहेको छ ।
लामो समयदेखि पदाधिकारीहरुलाई प्रभावमा लिई गैरकानुनी कार्यहरु गर्दै यादवकै पक्षमा उभिएको श्रोत ले बतायो । एक चस्मा पसलका अनुसार अनुसार कतिपय कर्मचारीहरुको गेट बाहिर चस्मा पसल भएकाले उक्त कर्मचारीको काम भन्दा बढी ध्यान आफ्नो व्यक्तिगत लाभ मै रहेको कुरा व्यवस्थापन पक्षलाई थाहा हुदाहुदै पनि त्यस्ता कर्मचारीलाई साधारण सरुवा प्रक्रियामा समेत असपतालले लान नसक्नु कहिँ कतै सेटिंगमै चलेको त छैन् प्रष्ट रुपमा बुझिन सकिन्छ,एक स्थानीयले भने ।
अस्पतालको प्राथमिकता मा पर्ने खाजा घर समेत संचालनमा नआउनु, भारु नेपालीले गर्दा बिरामीहरु हजार नेपाली को नोट ६ सय भारुमै गेट बाहिर साट्नु बाध्यता हुदा पनि कसैको आखा नजानुले समेत त्याहा व्यापक रुपमा आर्थिक अनियमिता भएको आशंका गरिएको छ । खाजा घरको कुरा बिगत लामो समयदेखि चलेपनि असपतामै कार्यरत केही कर्मचारीको कारण सो खाजा घर संचालनमा नआएको र अस्पतालका पदाधिकारीहरु ति कर्मचारीकै प्रभावमा परेर व्यक्तिगत लाभ बाहेक केहि नभएको आरोप होटल ब्यबसायीहरुले सामुहिक रुपमै लगाएका छन् ।
गौर नपा वडा नम्वर ८ मा रहेको उक्त अस्पतालको मेन गेट अगाडीनै कानुन बिपरित मानवजीवनसंग खेलवाड गर्दै बिना ईजाजत औषधी पसल र चस्मा पसलहरु संचालनमा रहेपनि स्थानीय सरकारलाई बुझाउनु पर्ने कर समेत न बुझाएको पाईन्छ ।








