गौर,१२ बैशाख ।
जिल्ला सदरमुकाम गौर नगरपालिकामा केहीदिन पहिलाबाट संचालनमा आएको झोलुङगे पुलको समाननै चोरी हुन थालेको छ । गौर स्थित बानेश्वर महादेव मन्दीर नजिक लालबकैयामा निर्माण भएको मधेश प्रदेशको दोश्रो लामो झोलुंगे पुलको सोमवार राति महत्वपूर्ण बोल्टहरु चोरी भएका हो । सो पुलको गत शुक्रबार मात्र पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्धघाटन गरेका थिए ।
गौर नगरपालिका वडा नम्वर २ र इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहालाई जोड्ने लाल बकैया नदीमा निर्माण सम्पन्न भई गत शुक्रवारबाट पुल संचालमा आएको थियो । केही विकास बिरोधीहरुले मानविय क्षति पुर्याउने हिसावले पुलका पार्टहरु चोरेको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले बताए ।
फोहरी राजनीति गर्ने केही विकास विरोधी तत्वहरु समाजिक संजालमा दुई दिन अघि देखि नानाथरीका पोष्ट गरेर अक्रान्त मचाउदै आएको र सोमबार राती चोरी गराई आफू चोखिने कार्य गरेको मेयर साहको भनाइ रहेको छ । काठमाडौंका प्रतिष्ठीत निर्माण कम्पनीले तयार पारिएका ेझोलुंगे पुलको गुणस्तरियता माथि प्रश्न चिन्ह उठाउने, रातिको समयमा गएर ढलानलाई हथौंडा एवं ढुंगाले हिर्काउने, बारहरुको लठ्ठालाई क्षति पुर्याउने कार्य भएकोमा त्यस्ता विकास विरोधी तत्वलाई पहिचान गरी समयमै कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई नगरपालिकाबाट पत्राचार गर्ने तयारीमा गरेको मेयर साहले बताए ।
सर्वसाधारण देखि लिएर इशनाथ र गौरका बासिन्दाहरुले साइकल, बाइकबाट उक्त पुल भएर ओहरदोहर गरिरहेको अवस्थामा यसरी झोलुंगे पुलको मुख्य बार कसिएको बोल्टलाई खोलेर गायव बनाउने कार्य एकदमै मानव जीवन संग खेलवाड गर्ने भएको हुँदा त्यस प्रकारको कार्य सह्य नहुने समेत उनले बताए ।
यस्तै केही महिना अघि सम्म गौर पुरेनवा जोड्ने झोलुंगे पुलको प्लेट चोरी गराएर बदनाम गर्ने खेल समेत भएको गौरका नगर प्रमुख साहको भनाइ रहेको छ ।
झोलुंगे पुलको हिमशिखर हिरा लेखराज जेभी बत्तीसपुतली काठमाडौंका आधिकारी प्रतिनिधि शेखर रायमाझीले प्राविधिक सहितको टोली बसेर सम्पूर्ण प्रक्रिया पुरा गरिसकेपछि उदघाटन गराएर सर्वसाधारणको लागि खुला गरिएको चार दिन वित्न नपाउदै बोल्टहरु गायव गराउनु, प्लास्टरलाई चिपिंग गरेर भित्रको भागलाई देखाउनु, ३२.७२ मिटरको टवारको ज्वाइन्टलाई समाजिक संजालमा देखाएर के गर्न खोज्नु भएको हो त्यो मलाई थाहा छैन । यहाँको बासिन्दाहरुलाई राम्ररी ढंगबाट ओहरदोहर गर्न सबै प्राविधिक चेकजाँच गराएर उदघाटन पश्चात नगरपालिकालाई हस्तान्तरण गरेकै भोली पल्टबाट प्लास्टरलाई चिपिंग गरेर देखाउने कार्य भएकोमा दुख व्यक्त गर्दै मानव जिवन संग जोडिएका विषयमा संवेदनशिल नभई खाली विरोध भईरहेको प्रति उनले गम्भीर आपत्ती जनाए ।








