रौतहट,३० बैशाख । चन्द्रनिगाहपुरबाट गैडाटार जाने बाटोमा बन्दै गरेको पुल समयमा नबनेका कारण स्थानीयले हैरानी खेप्नु परेको छ । एक झर पानी पर्नासाथ खोलामा बाढी आँउदा गैडाटारबासीले हैरानी खेप्ने गरेकाछन् । हिजो राती र आज बिहान परेको पानीका कारण खोलामा आएको बाढीले स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।