कटहरिया,७ जेठ । रौतहटको कटहरिया नगरपालिकाले सबै स्वास्थ्य संस्थामा म्याद गुज्रिएको औषधि वितरण गरेको गुनासो छ । कटहरिया नगरपालिकाले गत वैशाख १६ म्याद गुज्रिएको औषधि वितरण गरेको हो । अङ्ग्रेजी महिनाको अप्रिल २०२४ को १ तारिखमा म्याद सकिएका औषधि अप्रिल १८ तारिखमा वितरण गरिएको पाइएको छ ।
म्याद गुज्रिएको औषधि वितरण गरिएको गुनासो यतिबेला सामाजिक सञ्जालमा हुन थालेको छ ।
कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियाका स्थानीय मनोज साहले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत पालिकाले म्याद गुज्रिएको औषधि खरिद गरेको बताएका छन् ।
साहले कमिशनको लोभमा म्याद नाघेको औषधि पालिकाले खरिद गरेको समेत आरोप लगाएका छन् । भिडियो शेषणमा साहले नगरपालिकाका मेयर र हाकिमले कमिसन लिएर म्याद गुज्रिएको औषधि खरिद गर्ने कार्य गर्ने गरेको भिडियो सेसनमा बताउँछन् ।
सोपालिकाले विशेषगरी दाद दिनाइ जस्तो रोगमा काम लाग्ने फुङ्गी एस्ट्ट नामक औषधि म्याद गुज्रिएको खरिद गरेको पाइएको छ । मानव स्वास्थ्यसँग खेलवाड गर्दै सोपालिकाले खरिद गरेको औषधिको चौतर्फी आलोचना भइरहेको छ ।
म्याद गुज्रिएको औषधि कसरी र किन खरिद भएको विषयमा नगरप्रमुख अजय प्रकाश जयसवालसँग सम्पर्क गर्दा शनिबार दिनभरि उनको मोबाइल स्विच अफ रहेको कारण थियो, भने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोन सम्पर्क हुन सकेन । यता स्वास्थ्य शाखा संयोजक शंकर यादवका अनुसार पालिकाले सबै स्वास्थ्य संस्थामा वितरण गर्नका लागि दिएको औषधिमा फुङ्गी एस्ट्ट म्याद गुज्रेको रहेको स्वीकार गरेका छन् । उनले भने औषधि खरिद गर्नेले म्याद नदेखिएको हो कि ? पठाउनेले त्रुटिपूर्वक पठाइएको हो ? त्यो विषयमा म भन्न सकिँदैन । तर म्याद गुज्रिएको फुङ्गी एस्ट्ट नामक औषधि स्वास्थ्य संस्थाहरूमा पठाइएको छ ।
स्वास्थ्य शाखा संयोजक यादवका अनुसार म्याद गुज्रिएको औषधि सबै स्वास्थ्य संस्थाबाट फिर्ता ल्याई जिन्सी शाखामा बुझाइएको छ ।
यसरी मानव स्वास्थ्यसँग खेलबाड गर्दै कमिसनको लोभमा म्याद गुज्रिएको औषधि खरिद गर्नु घृणात्मक रहेको मानव अधिकारकर्मीहरू बताउँछन् । मानिसको स्वास्थ्य जस्तो अति संबेदनसिल विषयमा पनि पालिकाले लापरवाही गर्दा पनि त्यसलाई नियमण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् ।