रौतहट,१४ साउन । चन्द्रनिगापुरमा रहेको होटलमा अवैध रूपमा यौन धन्दा भइरहेको सूचनाको आधारमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । दुईजना युवती र चारजना युवक पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । अहिले केही बेर अगाडि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यानमा राखेर उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर लगिएको छ । होटलमा अवैध रुपमा यौनधन्दा भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले सो होटलमा छापा मारेर दुईजना युवती र चारजना युवकलाई पक्राउ गरेर लगेको स्थानीयले जानकारी दिएका छन् । सो विषयमा प्रहरीले भने केही बताएको छैन । उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर भित्र लगेर सोधपुछ गर्ने काम भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।








