रौतहट,२८ साउन । अन्तरास्ट्रिय युवा दिवसका अबसरमा ूसहकारीमा युवाको सहभागिताू बिषयक बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
संकल्प साकोस र जनज्योति कलेजको संयुक्त आयोजनामा सम्पन्न ।कार्यक्रमको अध्यक्षता संकल्पका अध्यक्ष बिभु पोखरेलले गर्नुभएको थियो भने क्याम्पस ब्यबस्थापन अध्यक्ष सन्जय कार्की ,क्याम्पस प्रमुख राजन श्रेष्ठ ,रौतहट बचत संघका उपाध्यक्ष राम बिश्वास पासवान ,चन्द्रपुर न पा सहकारी शाखा प्रमुख शेख नसरे आलम ,सस्थाका सचिब के बि थापा ,कोषाध्यक्ष बलराम गौतम ,संचालक शारदा भण्डारी ,प्राध्यापक संघका अध्यक्ष दिपक पौडेल ,बिभागिय प्रमुखहरुको आतिथ्यता रहेको थियो ।कार्यक्रमको सन्चालन सह सचिब चिरञ्जीवी गौतमले गर्नु भएको थियो भने स्वागत क्याम्पस प्रमुख राजन श्रेष्ठले गर्नु भएको थियो ।कार्यक्रमको औचित्यको बारेमा सचिब के बि थापाले प्रष्ट पार्नु भएको थियो ।प्रतियोगी मध्य प्रथम दितिय र तृतीय लाई क्रमश ३०००,२०००,१००० प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रमको मुल्यांकनकर्ताको भुमिका सहकारी शाखा प्रमुख शेख नसरे आलम ,उप प्राध्यापक द्वय दिपक पौडेल र बिनोद तिमल्सिनाले निभाउनु भएको थियो ।विद्यार्थीको अन्तरनिहित क्षमता प्रफुष्ठित गराउने सवालमा ,जागरुक गराउने सवालमा ,आत्म बिश्वास बढाउने सवालमा ,समय सन्दर्भ अनुसार कार्यक्रम राख्नु भएकोमा बक्ताहरु तथा सहभागीले सस्थालाइ धन्यवाद प्रदान गर्नु भएको थियो ।