अशोक पहाडी,
रौतहट,३० साउन । जिल्ला सदरमुकाम गौरमा गए राति एक वृद्धको धारीलो हतियार प्रयोग गरि हत्या भएको छ ।
गौर नगरपालिका को वडा नं. ५ कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवश्थामा आज बिहान शव फेला परेको हो । महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले बताए ।
महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको उपरिक्षक घिमिरेले जनाए । घटनास्थलमा पुगेको प्रहरीले अहिले सो स्थानमा अनुसन्धान कार्य गरिरहेको उनले बताए ।
हत्यामा संलग्नहरूको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।