३ आश्विन, रौतहट । चाडपर्व नजिकिएसँगै विभिन्न कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न नयाँ योजना सार्वजनिक गरिरहेका बेला नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दसैँ र तिहारलाई लक्षित गर्दै विशेष “कार्निभल” योजना ल्याएको छ। यो योजना नयाँ र पुराना दुवै प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य राखिएको छ, जसअन्तर्गत मुख्य आकर्षणको रूपमा विद्युतीय कार जित्ने अवसर राखिएको छ।

वर्ल्डलिंकले यो योजनाअन्तर्गत ‘नामी’ ब्रान्डको विद्युतीय कार बम्पर उपहारस्वरूप जित्न सकिने घोषणा गरेको छ। नयाँ इन्टरनेट कनेक्सन लिने र पुराना प्रयोगकर्ताले आफ्नो सेवा नवीकरण गर्ने प्रयोगकर्ताहरू यस योजनामा सहभागी हुन सक्नेछन्। यद्यपि, कम्पनीले खल्ती डिजिटल वालेटमार्फत भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई मात्र यस अफरमा सहभागी गराउने जनाएको छ।

साथै, कम्पनीले सामसङ र बोट ब्रान्डका विभिन्न उत्पादनहरूमा ३९ प्रतिशतसम्म छुटको अफर पनि उपलब्ध गराएको छ। यस छुटले प्रयोगकर्ताहरूलाई चाडपर्वको समयमा नयाँ प्रविधि र मनोरञ्जनका उत्पादनहरूमा आकर्षित गराउने र उनीहरूलाई थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

वर्ल्डलिंकले चाडपर्वको समयमा आफ्ना ग्राहकलाई पुरस्कृत गर्नुका साथै नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै बजारमा थप चलायमानता ल्याउने लक्ष्य राखेको छ।