सर्लाही, ४ असोज । सर्लाही जिल्लामा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरमा कांग्रेसका सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह र प्रदेश उप सभापति विरेन्द्र प्रसाद सिंह अनुपस्थितिले अहिले जनतामा आलोचना बढ्दै गएको छ।

सर्लाही जिल्ला क्षेत्र नं। २, कौडेना गाउँपालिका( २, फूलपरासी र क्षेत्र नं। १, इशवरपुर नगरपालिका वडा नं(८ रामपुरमा आयोजित स्वास्थ्य शिविरका उद्घाटन कार्यक्रमहरूमा नेपाली कांग्रेसका सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह र प्रदेश उपसभापति विरेन्द्र प्रसाद सिह नेपाली कांग्रेसको पहल भएको स्वास्थ शिविरमा सहभागी नभएको कारण सामाजिक सञ्जालमा पनि यसको चर्को आलोचना भइरहेको छ। तर, सर्लाहीका प्रतिनिधि सभा सदस्य उमेदवार नागेन्द्र प्रसाद यादबको समेत उपस्थित थिएन ।

समाज सेवा गर्ने उदेश्यले नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल र काठमाडौं मेडिकल कलेजको संयुक्त समन्वयमा उपचार गर्ने नपाएका गरिब दिन दुखि जनतालाई प्रत्यक्ष फाईदा पुग्ने गरि हजारौं बिरामीको उपचार गराउन गाउँ घरमा स्वास्थ शिविर सचालन गरेको देखिन्छ । स्वास्थ शिविर उदघाटन कार्यक्रममा मधेश प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवको साथमा, मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको उपस्थितिमा शिविरको उद्घाटन गरियो।
यस शिविरमा नेपाली कांग्रेसका स्थानीय नेताहरूको राम्रो सहभागिता थियो। कार्यक्रममा सर्लाहीका पुर्व जिल्ला सभापति लक्ष्मण राय, सतदेव सिंह, संविधानसभा सदस्य रामचन्द्र चौधरी, महिला संघ जिल्ला सभापति शुसिला कार्की, मधेश प्रदेश सदस्य शर्मिला थापा, क्षेत्र नं। २ प्रदेश ुखु सभापति अनिल कर्णलगायतका नेता उपस्थित थिए। यसरि जिम्मेवार नेताहरूको अनुपस्थिति विशेषगरी सभापति र उपसभापतिको अनुपस्थितिले पार्टीभित्र र बाहिर आलोचनाको विषय बनेको छ।

सामाजिक सञ्जालमा कांग्रेसका कार्यकर्ता तथा अन्य व्यक्तिहरूले नेतृत्वदायी व्यक्तित्वहरूको उपस्थिति नहुनुले पार्टीको स्थानीय कार्यक्रमप्रतिको उदासीनतालाई इंगित गरिरहेको टिप्पणी गरिरहेका छन् ।