अशोक पहाडी
रौतहट , २५ मङ्सिर ।
गए राती रौतहटमा स्कार्पियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर निजगढ सडक खण्डमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको हो ।
चन्द्रपुर न.पा.४ धन्सारपुल नजिकैको जंगलमा पुर्व पश्चिम राजमार्गमा निजगढ बाट चपुर तर्फ आउदै गरेको बा १६ च ३१६२ नं.को स्कारपियो आफै अनियन्त्रित भई रोड भन्दा दाहिने साइडको रुखमा ठोकिई दुर्घटना भएको हो ।
हुदा हाल नामथर नखुलेको १३ जना घाईते भई उपचारको लागी चपुर स्थित हाईवे ट्रम्मा सेन्टर अस्पताल र सिभिल अस्पताल चपुर तर्फ पठाइएको चालक पनि सोहि घाईते मध्यको रहेको भन्ने बुझिएको उक्त स्थानमा यस सुरक्षा बेश सन्तपुरबाट सप्रनानि भै बहादुर राईको कमाण्डमा ७ जनाको टोली ईलाका प्रहरी कार्यालय बाट प्र.ना.उ.राज कुमार राईको कमाण्डमा र ट्रफिक कार्यालय बाट लोकेन्द्र अधिकारीको ०५ जनाको संयुक्त टोलि खटी गएको ।
सिराह अरनमा न.पा. ३ बस्ने ६० वर्षकी फुलमन्ति राम
सही स्थानकी ३० वर्षकी सुकुन्तालादेवी महरा , ५५ वर्षकी महगी देवि , ५० वर्षकी रामकुमारी महरा ६२ वर्षकी नरुबती महरा , ३० वर्षकी उर्मिला महरा ,४0 वर्षका श्रीकान्त यादब र सवारीचालक लडुवती रामको चिहान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिएका छन्।