चन्द्रपुर,१८ पुस ।
जाडो बढेसँगै रौतहटको जङ्गलमा काँचा सालका लास र काट्नेको लर्को लाग्न थालेको छ । वन कर्मचारीले नियमित रूपमा वनगस्ती नगरेका कारण पछिल्लो समय रौतहटको वनबाट काटिने क्रम तीब्र रुपमा बढेको छ ।
पछिल्लो समय यात्रु बोक्ने ई रिक्सा र साइकलमा काँचा लाचरा काटेर लानेहरूको संख्या बढ्दै जान थालेको छ । चाँदी खोला पूर्वको रेलवे ड्याममा दैनिक सयौं साइकल र रिक्सा काचा दाउरा काट्दै गरेको देख्न सकिन्छ ।
जिल्लाको दक्षिणी भेगबाट साइकल ई रिक्सामा आउने सर्वसाधारणले रेलवे ड्याम ड्याममा साइकल र इ रिक्सा राखेर जङ्गलभित्र छिरी कचा लाथ्रा काटेर लाने गरेको स्थानीय बासिन्दाले बताएका छन् । पछिल्लो समय यात्रु बोक्नुपर्ने रिक्साहरू धेरै कमाई हुने लोभमा जङ्गल छिरेर काठ दाउरा ल्याएर बिक्री वितरण गर्दै आएका छन् । एक रिक्सा दाउरा पछिल्लो समय चन्द्रनिगाहपुरको बजारमा ३५०० देखि ४००० सम्ममा बिक्री हुने भएपछि यात्रु बोक्न छोडेर रिक्साहरु कहाँ छ दाउरा बोक्न थालेका हुन् । रिक्सा र साइकल वालाका कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानको राष्ट्रिय वनमा व्यापक रूपमा हानि नोक्सानी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले डिभिजन वन कार्यालयका कर्मचारीको आँखा छलेर रिक्सा र साइकलमा दाउरा लगेको हुन सक्ने बताएका छन् । दाउरा सहित फेला परेका रिक्साहरूलाई वन कर्मचारीले जरिवना गरेर छाड्ने गरेको शाहले तराई एक्सप्रेसलाई बताए । जाडो याम सुरु हुनासाथ साइकल र रिक्सामा वनमा प्रवेश गर्नेहरूले काँचा सालका लाथ्राहरु काटिएर लाने गरेका कारण वनमा हानि नोक्सानी बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता जाहेर गरेका छन् । विगत लामो समयदेखि वन कर्मचारीहरूले नियमित रूपमा वन गस्ती गर्न छाडेर दिनभर डिभिजन वन कार्यालयमै बस्ने गरेका कारण जिल्लाको वनमा हानि नोक्सानी बढेको स्थानीयले आरोप लगाउँदै आएका छन् । डिभिजन वन कार्यालय रौतहटले भने नियमित रूपमा गस्तीमा सहभागी नहुने वन कर्मचारीहरूको सरुवा गर्नेदेखि उनीहरुलाई नसियत दिने काम समेत भइरहेको दाबी गर्दै आएको छ । रौतहटको वनमा स्थानीय वन कर्मचारीकै कारण हानि नोक्सानी बढेको भन्दै वन कर्मचारीको आलोचना हुँदै आएको छ ।