सवारी दुर्घटनामा परेर कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको निधन भएको छ । प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिवार दिउँसो १ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका हुन्। कारमा सवार श्रेष्ठको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठको शव अहिले पोष्टमर्टमका लाागि भरतपुर स्थित सरकारी अस्पतालमा राखिएको छ ।
श्रेष्ठ तत्कालीन मध्यामान्चल क्षेत्रिय खेलकुद विकास समितिको तालिम तथा प्रशिक्षण बिभागका उप निर्देशकका साथै राष्ट्रिय खेलकुद परिषदका कराते प्रशिक्षक हुन ।