गौर २१ फागुन । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु शाह विरुद्ध गौर नगर क्षेत्रमा प्रदर्शन भएको छ । गौर नगरपालिकामा रहेको राइस मिल फिल्ड नगरपालिकाको कार्यपालिका बैठकबाट बिक्री गर्ने निर्णय भएको भन्दै स्थानीय बासिन्दाले मेयर शाह विरुद्ध गौरमा प्रदर्शन गरेका हुन् ।
गौरका स्थानीय बासिन्दा तथा राजनैतिक दलका कार्यकर्ताहरूले बिहानैबाट गौर नगरपालिकाको विभिन्न स्थानमा मेयर शाह विरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । गौर नगरपालिकाको कार्यपालिकाले गरेको निर्णय फिर्ता नलिएसम्म गौर नगरपालिकामा चरणबद्ध आन्दोलन गर्ने स्थानीय बासिन्दाहरूले बताएका छन् ।








