Enterरौतहट,१८ चैत । नेकपा एमाले रौतहटले आज गणतन्त्रको पक्षमा मोटरसाइकल रली गर्ने भएको छ । नेकपा एमाले रौतहटले गणतन्त्रको पक्षमा जिल्लाको चन्द्रनिगाहपुरबाट गौरसम्म मोटरसाइकल रली गर्ने भएको हो । दिउँसो १२ बजे जिल्लाको मध्यभाग गरुडास्थित श्रीराम सुगर मिलबाट र्याली शुभारम्भ हुने नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिएका छन् । चन्द्रनिकापुरस्थित नेकपा एमालेको पार्टी कार्यालयबाट निस्कने मोटरसाइकल रली गरुडामा गएर मिसिने छ । गोरुडाबाट निस्कने मोटरसाइकल र्याली जिल्ला सदरमुकाम गौर र चन्द्रनिगापुरसम्म पुग्ने नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले जानकारी दिए । नेकपा एमाले रौतरले पार्टीको केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्लामा गणतन्त्रको पक्षमा मोटरसाइकल रलीको आयोजना गर्न लागेको एमाले रौतहटका इन्चार्ज अजय गुप्ताले जानकारी दिएका छन् ।








