रौतहट । डिभिजन वन कार्यालय रौतहटले दिएको जानकारी अनुसार जिल्लाको जंगलसहिया साझेदारी वन क्षेत्रमा बाघ देखिएको छ । वन क्षेत्रमा बाघ देखिएपछि आसपासका बस्ती तथा दैनिक रुपमा आवतजावत गर्ने सर्वसाधारणको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अवस्था उत्पन्न भएको वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका अनुसार बाघ जंगल क्षेत्रमा गतिविधि गरिरहेको पुष्टि भएपछि स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । विशेष गरी राति एक्लै हिँड्ने वा मोटरसाइकलमा यात्रा गर्नेहरूले अत्यधिक सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै, घरपालुवा पशु वगलनभि नजिक चराउन नलैजान र सम्भावित जोखिम कम गर्न स्थानीयले सचेत रहनुपर्ने वन कार्यालयले जनाएको छ ।

बाघ देखिएको क्षेत्र वन तथा आसपासका गाउँका बासिन्दाका लागि संवेदनशील भएकाले वन कार्यालयले आवश्यक सतर्कता र सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ ।