रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। माइकको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार मंगलबार राति करिब ९:४५ बजेतिर महतो आफ्नै घरमा माइकको तार जडान गर्ने क्रममा अचानक खुला विद्युत् प्रवाहमा परेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको प्रहरीले जानकारी दिएको छ।








