मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा उत्साह बढ्नेछ। रोकिएका कार्य बन्ने सम्भावना। आर्थिक लाभको संकेत छ। स्वास्थ्य सामान्य रहला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन खर्च मध्यम मात्रामा हुनेछ। पारिवारिक सल्लाहले फाइदा पुग्नेछ। मानसिक चञ्चलता बढ्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक प्रतिष्ठा बढ्ने समय। नयाँ जिम्मेवारी आउनेछ। पढाइ–लेखाइमा मन लाग्नेछ। यात्रामा सावधानी अपनाउनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भावनामा बगेर काम नगर्नुहोस्। आर्थिक योजना बनाउनु राम्रो। साथीभाइको सहयोग प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पद–प्रतिष्ठामा वृद्धि। व्यापारमा लाभ। दाम्पत्य जीवनमा मिठास थपिनेछ। स्वास्थ्यमा सुधार।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अचानक निर्णय नलिनुहोस्। खर्च बढी हुनेछ। सम्बन्ध सुध्रनेछ। कार्यक्षेत्रमा अलि दबाब पर्न सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

भाग्यले साथ दिने दिन। नयाँ योजना बन्नेछ। प्रेम सम्बन्धमा प्रगाढता। आर्थिक वृद्धि।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

घर–परिवारमा व्यस्तता। केही चिन्ता आउन सक्छ। काममा विकल्प बढ्नेछ। स्वास्थ्य सामान्य।

धनु (ये, यो, भ, भि, भु, ध, फ, ढ, भे)

यात्रा र भेटघाटले मन रमाउनेछ। भविष्यका योजनामा ध्यान दिनु राम्रो। आर्थिक अवस्था स्थिर।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कम प्रयासमा राम्रो लाभ मिल्ने। नयाँ अवसर देखापर्नेछ। परिवारमा खुसीयाली। स्वास्थ्य राम्रो।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कागजी काममा ध्यान दिनुहोस्। अल्छीपन छाड्दा राम्रो परिणाम। प्रेम र सम्बन्धमा सुधार।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सफलता हात लाग्ने समय। जागिरमा प्रशंसा। आर्थिक रूपमा राम्रो दिन। स्वास्थ्यमा साना समस्या आउन सक्छ।