रौतहट,२ पुस । काठमाडौँमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा रौतहटबाट १० जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । आज बिहानबाट मतदान हुँदैछ। केपी ओली प्यानलबाट केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा, अजय कुमार गुप्ता, आरती भण्डारी, उपेन्द्र शाह चुनावी मैदानमा छन् । त्यसैगरी बबन सिंह, जयद आलम, गौरी न्यौपाने, उद्धव रेग्मी, रेखा झा चुनावी मैदानमा होमिएका छन्। कुन्दन कुशवाहा, अजय कुमार गुप्ता, रेखा झा, उद्धव रेग्मी पूर्व केन्द्रीय सदस्य हुन्। आरती भण्डारी नेकपा एमाले मधेश प्रदेशकी पूर्व उपसचिव हुन् ।