रौतहट,९ माघ । पर्सा जिल्लाका एकजनाले विभिन्न स्थानका सर्वसाधारणलाई चेक दिँदै ठग्ने गरेको खुलासा भएको छ । बीरगंज उपमहानगरपालिका वडा नम्बर १८ घर भएका मनु राउत कुर्मीले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ घर भई हाल चितवन बस्दै आएका वीरबहादुर वीरबहादुर चौधरीलाई गाडी दिन्छु भन्दै १८ लाख रुपैयाँ ठगेका छन् । पैसा लिएर १८ लाखको चेक दिएर गाडी समेत नदिएपछि पीडित चौधरी यतिबेला प्रहरी प्रशासनको शरणमा पुगेका छन् । उनलाई पर्सा प्रहरीले चेक बाउन्स केसमा पक्राउ पुर्जी जारी गरेको भएपनि कुर्मी हालसम्म पक्राउ पर्न सकेका छैनन्। प्रहरीको नजरमा फरार रहेका कुर्मी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका लगायतका स्थानमा बसोबास गर्दै आएको बताइएको छ।









